उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध तोसिमा सर्वोच्च अदालतमा
१४ कार्तिक, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत गएकी छिन् ।
ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेकी कार्कीले आफ्नो उम्मेद्वारी खारेज भएपछि सर्वोच्च गएकी हुन् ।
मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको थियो । सोमबार समर्थकसहित सर्वोच्च पुगेर आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै रिट दर्ता गरिएको हो ।

त्यसअघि काठमाडौंको माइतिघरमा आयोजित विरोध प्रदर्शनमा कार्कीले पाटन अस्पतालमा लाभको पदबाट राजीनामा दिएको र मेडिकल काउन्सिलको पद लाभको पद नभएको जानकारी गराउदा पनि उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णय शंकास्पद रहेको उनले बताइन् ।
प्रदर्शनमा सहभागीहरुले डा कार्की चुनावमा निर्वाचन आयोग षडयन्त्रमा, युवालाई साथ दिउ नयाँ युग पाँउ, राजनीति फोहरी खेल गर्न पाईदैन लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति : October 31, 2022 at 3:03 pm









