वडा अध्यक्ष कार्यालय बन्द गरेर रामकुमारी झाँक्रीको पछि लागेपछि निर्वाचनमा उजुरी
१४ कार्तिक, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर १ का अध्यक्ष मोहन घिमिरे कार्यालय बन्द गरेर नेकपा एकीकृत समाजवादीकी सचिव एवं गुल्मी २ की प्रतिनिधिसभाकी उम्मेदावर रामकुमारी झाँक्रीको पछिलागेर हिडेँपछि सेवाग्राही मर्कामा परेका छन ।
वडा कार्यालयमा वडा अध्यक्षको अनुपस्थितिमा कुनै काम नै नहुने भएपछि सेवाग्राहीले घिमिरेको खोजी गरेका हुन । केही दिनदेखि घिमिरे भने निर्वाचन आचारसंहिता विपरित झाँक्रीको पछि भोट माग्दै पल्लो गाउँमा डुलिरहेका छन ।
घिमिरेलाई सेवाग्राहीले बोलाउँदा पनि नआएपछि स्थानीयले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका छन । यसअघि एक जना शिक्षकले पनि स्कुल नै बन्द गरेर रामकुमारी झाँक्रीसँगै भोट माग्न हिँडेको भन्दै उजुरी परेको थियो ।
प्रकाशित मिति : 14:51









