२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

नेकपा एसको घोषणापत्रः निर्वाचन प्रणाली सुधारमा जोड (पूर्णपाठसहित)

१४ कार्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार बानेश्वरस्थित पार्टी कार्यालयबाट आयोजित कार्यक्रममा महासचिव बेदुराम भुसाललगायतका नेताले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा एकीकृत समाजवादीले पूर्वदेखि पश्चिमसम्म मेगा नहर बनाउने उल्लेख गरेको छ । नेपाली जनताको लामो र बलिदानीपूर्ण सङ्घर्षबाट मुलुकमा महत्वपूर्ण उपलब्धिहरूको रक्षाको लागि आफूहरूको पहिलो प्राथमिकता भएको घोषणापत्रमा उल्लेख गरेको छ ।

त्यस्तै विदेशबाट फर्केका युवालाई कृषि पेशामा आकर्षित गर्न १० लाखसम्म निर्ब्याजी ऋण दिने व्यवस्था गर्न अभियान नै सञ्चालन गर्न घोषणा गरेको छ ।

अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो भएकाले प्रणालीको सुधारलाई जोड दिएको छ । घोषणापत्रमा भनिएको छ, ‘यो मुलतः धेरै पैसा खर्च गर्नेले मात्र जित्नसक्ने खालको छ । यो जटिल पनि छ र कुनै पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ । कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ ।’

 

प्रकाशित मिति : October 31, 2022 at 2:11 pm