हत्यारा लुकाएर निर्मलाका बुबाअामालार्इ प्रहरीले काठमाडाैँमा यसरी दिँदैछ दुःख (भिडियोसहित)
२९ भदाै, काठमाडाैँ । कञ्चनपुर भिमदत्तनगरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याका विषयमा निष्पक्ष छानिवनको माग गर्दै अाएका अाम मानिसका लागि निकै दुःखद गतिबिधि भैरहेको पाइएको छ ।
अाफ्नो छोरीको हत्यारा पत्ता लगाउन माग गर्दै काठमाडाैँ अाएका निर्मलाको बुबा अामासहितको टोलीले प्रहरीले त्रसित बनाउन थालेको उनीहरूले नै बताएका छन । हत्यारा लुकाएर प्रमाणहरू नष्ट गरेको अारोप लागेको प्रहरीले न्यायाको खोजीमा भाैँतारिइ रहेका मान्छेलार्इ दुःख दिएपछि प्रहरीले के गर्न खोज्नदै छ भन्ने शंका उब्जिएको छ ।
निर्मलाका बुबा अामा छोरीको बलात्कारपछि हत्या भएसँगै अनुसन्धानमा प्रहरीले देखाएको रबैयाबाट असन्तुष्ट रहेका थिए । अहिले काठमाडाैँबाट लखेट्न प्रहरीले दुःख दिइरहेको उनीहरूले बताएका छन । इमेज खबरका लागि दीपक श्रेष्ठ र उत्तम मानन्धरले प्रहरीले उनीहरूलार्इ दिएको दुःख देखाएको धम्कीबारे एउटा भिडियो रिपोर्ट तयार गरेका छन ।
हेर्नुहोस् रिपोर्ट
प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार १८:२३