प्रधानमन्त्री अोलीले १९ महिनाअघि माइतीघरमा फहराएको सबैभन्दा ठूलाे राष्ट्रिय झण्डा च्यातियो
२९ भदाै, काठमाडाैँ । वर्तमान प्रधानमन्त्री केपी शर्मा अोलीले १९ महिना अघि काठमाडाैँको माइतीघरमा फहराएको नेपालको सबैभन्दा ठूलाे राष्ट्रिय झण्डा च्यातिएको छ । २०७३ सालको माघ दिवसका अवसरमा तत्कालीन नेकपा एमालेका अध्यक्ष समेत रहेका अोलीले माइतीघरमा अायोजित एक समाराेहका बीचमा उक्त झण्डा फहराएका थिए । १९ महिनापछि च्यातिएको उक्त झण्डाको मर्मत अन्योलमा परेपछि सामाजिक सञ्चालनमा चर्को अालोचना भैरहेको छ ।
राजधानी शहरको मुख्य भागमा रहेको माइतीघरमा फहराइएको उक्त झण्डा सहरको अाकर्षक पहिचन बन्दै गएको थियो तर च्यातिएपछि मर्मत हुन नसक्दा अालोचनाको विषय बनेको छ । नेपाल देशभक्त युवा समाजले बनाएको १० मिटर अग्लो र साढे ७ मिटर चौडाईको नेपाली झण्डाको ताैल करिव ८ किलो रहेको थियो ।
उक्त झण्डा फहराउन त्यतिखेर अोलीलार्इ राष्ट्रकवि माधवप्रसाद घिमिरे साथ दिएका थिए । तत्कालीन अवस्थामा देशभक्त युवा समाजले उक्त झण्डा बनएको भए पनि अहिले राज्यले नै फेर्न चासो दिएको छ । शुक्बार च्यातिएको झण्डा शुक्बार झिकिएको छ ।
प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार १६:४४