१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

बैंकहरूको खराब कर्जा बढ्दो, कुनको कति ?

१३ कार्तिक, काठमाडाैं । पछिल्लाे समय बैंकहरूकाे खराब कर्जा बढेकाे छ । बैंकहरूले दिएकाे ऋण उठाउन नसकेपछि बैंकहरुको खराब कर्जा बढेको हो । सञ्चालनमा रहेका २६ वटा बाणिज्य बैंकमा २४ वटा बैंकको खराब कर्जा बढेको छ । एउटा बैंकको घटेको छ भने एउटाको स्थिर छ ।

गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको तीन महिनामा बैंकको खराब कर्जा औसतमा ०.०२ प्रतिशतले बढेको छ ।

बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक बर्षकाे चैत मसान्तसम्मकाे वित्तीय विवरण अनुसार गत आर्थिक बर्षकाे सोही अवधिमा १.६५ प्रतिशत औसत खराब कर्जा अनुपात रहेकामा चालु आवको सोही अवधिमा १.६६ प्रतिशत पुगेको छ ।

 

वित्तीय विवरण अनुसार २ प्रतिशतभन्दा बढी खराब कर्जा रहेका बैंकहरु ९ वटा, १ प्रतिशभन्दा बढी खराब कर्जा भएका बैंकहरू ११ वटा र १ प्रतिशत भन्दा कम खराब कर्जा भएका बैंकहरू ५ वटा रहेका छन् ।

चालू आर्थिक वर्षको तीन महिनाको विवरण अनुसार सबै भन्दा धेरै खराब कर्जा सनराइज बैंकको देखिएको छ। सनराइज बैंकको खराब कर्जा २.९४ प्रतिशत रहेको छ।

त्यस्तै सबैभन्दा कम खराव कर्जा एभरेष्ट बैंकको रहेकाे छ। गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको तीन महिनामा ० .२ प्रतिशतले मात्रै वृद्धि भएको छ।

कुन बैंकको खराब कर्जा कति छ?

एनआइसी एशिया बैंक ० .५९ प्रतिशत

स्ट्याण्डर्ड चार्टड बैंक ०. ७७ प्रतिशत

सानिमा बैंक ०.९१ प्रतिशत

नेपाल एसबीआई बैंक ० .३६ प्रतिशत

कुमारी बैंक १ .२८ प्रतिशत

नेपाल इनभेष्टमेन्ट बैंक १ .५७ प्रतिशत

मेगा बैंक १.६४ प्रतिशत

प्रभु बैंक १ .८६ प्रतिशत

सिटिजन्स बैंक १ .९१ प्रतिशत

सेन्चुरी बैंक १ .८८ प्रतिशत

माछापुच्छ्रे बैंक १.३० प्रतिशत

प्राइम कर्मसियल बैंक १ .८० प्रतिशत

सिभिल बैंक १ .४१ प्रतिशत

एनएमबी बैंक १ .९० प्रतिशत

लक्ष्मी बैंक १ .७२ प्रतिशत

नबिल बैंक २ .३३ प्रतिशत

ग्लोबल आईएमई बैंक २.१० प्रतिशत

राष्ट्रिय वाणिज्य बैंक २ .४८ प्रतिशत

कृषि विकास बैंक २ .३८ प्रतिशत

हिमालयन बैंक २.३१ प्रतिशत

एनसीसी बैंक २ .४६ प्रतिशत

नेपाल बैंक २.३६ प्रतिशत

सिद्धार्थ बैंक २.१५ प्रतिशत

बैंक अफ काठमाण्डूको २ .४६ प्रतिशत

चालु आर्थिक वर्षको ३ महिनामा राष्ट्रिय वाणिज्य बैंकको ०.५३ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबिएल) को ०.७ प्रतिशत खराब कर्जा घटेको छ । भने सेन्चुरी बैंकको गत वर्षको तीन महिना र चालू आर्थिक वर्षको तीन महिनामा एकै अनुपातमा देखिएको छ।

प्रकाशित मिति : October 30, 2022 at 10:46 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/