गुहेश्वरी मर्चेन्टको नाफा ८५.५७ प्रतिशतले घट्याे, प्रतिसेयर आम्दानी कति ?
१३ कार्तिक, काठमाडाैँ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। फाइनान्स कम्पनीले सार्वजनिक गरेकाे विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा र ईपीएस दुबै घटेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २२ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५.५७ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो।
यो अवधिमा कम्पनीले संचालन मुनाफाबापत २५ लाख ५१ हजार रुपैयाँ कमाएकाे छ। गत आर्थिक वर्षमा कम्पनीले संचालन मुनाफाबापत २ करोड ४ रुपैयाँ कमाएकाे थियो। समीक्षा अवधिमा कम्पनीकाे संचालन मुनाफा ८७.५५ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा कम्पनीले ६ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आर्थिक वर्षमा कम्पनीकाे खुद ब्याज आम्दानी ५ करोड २ लाख रुपैयाँमा रहेकाे थियो। यो अवधिमा कम्पनीकाे खुद ब्याज आम्दानी ३४.१६ प्रतिशतले बढेको छ।
पहिलो त्रैमासमा कम्पनीले ६ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
चुक्तापुँजी ९५ करोड ४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार २६.२२ प्रतिशतले घटेर २८ करोड ४० लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष रिजर्भमा ३८ करोड ४९ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ०.९६ रुपैयाँमा पुगेकाे छ। अघिल्लो बर्ष कम्पनीको प्रतिसेयर आम्दानी ७.२९ रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.४५ रुपैयाँ रहेको छ।
प्रकाशित मिति : १३ कार्तिक २०७९, आईतवार ०९:३२












