२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

रेलको विरोध गर्ने कांग्रेसले नै आफ्नाे घोषणापत्रमा रेल राख्यो: अध्यक्ष ओली

१२ कात्तिक, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरुमा रेलको विरोध गरेको नेपाली कांग्रेसले घोषणापत्रमा रेलको योजना राखेको बताएका छन् ।

आज झापामा एमाले र राप्रपाको मतदातासँगको भेटमा अध्यक्ष ओलीले रेल आफ्नो योजना भएको बताएका हुन् । उनले आफ्नो योजनामा जनकपुरमा रेल पुगेको भन्दै त्यहाँका जनताले आफूलाई धन्यवाद समेत दिएको उल्लेख गरे ।

उनले भने, ‘रेल मेरो अवधारणा हो । जनकपुरमा रेल सुरु भइसक्यो । त्यहाँका मान्छेले मलाई धन्यवाद भने । कांग्रेसले रेलको विरोध गर्‍यो । तर उसैले अघिल्लो निर्वाचनमा घोषणापत्रमा छाप्यो ।’

उनले रक्सौल-काठमाडौं , काठमाडौं-केरुङ, पूर्वपश्चिम रेल बन्ने बताए । उनले मंसिरपछि रेलको मुआब्जा समस्या समाधान हुने बताए । किसानको जमिन लिएर सरकारले होल्ड गर्न नमिल्ने बताउँदै उनले त्यो समस्या आफूले बुझेको बताए । उनले रेल प्रशासनको कमजोरी भएको पनि बताए ।

प्रकाशित मिति : 13:41