कुविन्डेमा माओवादी नेताले कुटे काङ्ग्रेस कार्यकर्ता
१० कार्तिक, सिन्धुपाल्चोक । कुविन्डेमा माओवादी केन्द्रका नेताले काङ्ग्रेस कार्यकर्तामाथि कुटपिट गरेका छन् । ठेकेदरसमेत रहेका माओवादीका स्थानीय नेता ज्ञानेन्द्र नेपालले काङ्ग्रेस कार्यकर्ता सन्तोष सापकोटालगायतलाई कुटेका हुन् ।
नेपालले दुई वर्षअगाडि टेकानपुर जाने सडकमा काम गर्ने ठेक्का परेका थिए । सो ठेक्का सम्पन्न गर्नका लागि कुविण्डेकै सन्तोष सापकोटा लगायतलाई काम दिएका थिए ।
त्यस कामको पैसा लिन सापकोटा नेपालकोमा जाने क्रममा पैसा दिन्न सकेको गर्नु भनी ठेकेदार नेपालले भनेपछि उनीहरुबीच हानाहन भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन ।
अहिले सापकोटा पक्ष जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन पुगेको छ । घरटामा संलग्न ठेकेदार गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका माधव सापकोटा सुबोधको सालो हुन भने कामदारका रुपमा गएका सापकोटा कांग्रेस निकटका हुन ।
प्रकाशित मिति : 18:00









