दार्चुलाको डिएसपी हुँदा निलम्बित एसपी बिष्टले महिला सहकर्मीमाथि दूर्व्यवहार गरेका थिए
२९ भदाै, काठमाडाैँ । ‘नालायक नेतृत्वले लच्जित बनाएको छ’ भदौ २२ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरमै पुगेर निर्मला हत्या घटनाका सम्बन्धमा एसपी डिल्लीराज विष्टलाई इंगित गर्दै भनेका थिए, ‘दोषी नै मानेर एपसीलाई निलम्बन गरिएको हो, या घटनाले गम्भिर पाठ सिकाएको छ अाजको कान्तिपुरले लेखेको छ ।
प्रहरी सेवामा प्रवेश गरेपछि अधिकांश समय सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा पोस्टिङ भएका एसपी विष्ट जुन–जुन जिल्लामा कार्यरत रहे, त्यहाँ कुनै न कुनै घटनामा विवादमा परिरहे। निलम्बित एसपी डिल्लीराज विष्ट दुई बर्ष दार्चुलामा डीएसपीको रुपमा बसेको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा छ ।
आजको कान्तिपुरको दोस्रो पृष्ठमा छापिएको समाचारअनुसार, बिष्ट ०६४ पुस ३० देखि ०६६ मंसीर २८ सम्म दार्चुलामा प्रमुख भएर कार्यालय चलाएका थिए । उक्त अवधिमा जिल्ला प्रहरी कार्यालयमै कार्यरत महिला प्रहरीलाई दुव्र्यवहार गरेको आरोप लगाएर स्थानीयले जिप्रका घेराउ र आन्दोलन भए पछि जिल्ला बाहिर तानिएको स्थानीय बताउँछन् ।
विष्ट जिल्लामा प्रहरी प्रमुख भएको बेला दुहु गाउँपालिका ३ को ब्रहमदेव प्रहरी चौकीमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको थियो ।’महिला मामिलामा उनमा कमजोरी थियो’ एक जना स्थानीयले भने, ‘यहाँ बस्दा उनको व्यवहार र कामकारबाही निष्पक्ष नै थियो स्थानीय भएकाले पनि हुन सक्छ ।’
प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार ०७:५६