२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

माधव नेपाल निकटको मुक्ति समाजका केन्द्रीय उपाध्यक्षसहित २५ नेता एमाले प्रवेश

९ कार्तिक, चितवन । निर्वाचन नजिकिएसँगै विभित्र पार्टीबाट एमाले प्रवेश गर्ने क्रम जारी छ । चितवनमा माधव नेपाल नेतृत्वको नेकपा एस निकटको मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष चक्र रूचालसहितका २५ जनाभन्दा बढि नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

एमाले जिल्ला पार्टी कार्यलय भरतपुरमा आयोजित एक कार्यक्रममा रूचालसहितका समाजवादीका नेता कार्यकर्तालाई एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य यमबहादुर परियार, सांसद कृष्णभक्त पोखरेल, एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेसहितका नेताहरूले स्वागत गरे ।

नेता रूचालले एमालेले लिएको नीति ठिक भएको भन्दै माधव नेपालको समाजवादी भन्ने दल कांग्रेसको सहयोगी संगठन मात्रै भएको बताए । सो पार्टीबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई क्षतिमात्रै पुगेको भन्दै सबैलाई आफ्नो मूल घरमा फर्किन अपिल गरे । ‘जस्तो भएपनि आफ्नो घर भनेको आफ्नै हुन्छ, यसमै आनन्द छ, हिजो आन्दोलनमा लागेको र परिचित साथीभाइ यहीँ छन् सबै यहीँ अटाउन सकिन्छ’ नेता रूचालले भने, ‘अब माधव नेपालहरूको भुलभुलैयामा लाग्न हुन्न ।’

प्रकाशित मिति : October 26, 2022 at 5:07 am