२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

सत्ता गठबन्धनको एकमात्रै उदेश्य एमाले सिद्धाउनेः पोखरेल

८ कार्तिक, काठमाडाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उदेश्य एमाले सिद्धाउने मात्रै रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा हिमालयन न्युज एजेन्सीसँग कुरा गर्दै उपाध्यक्ष पोखरेलले गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको र एमाले सिद्धाउन मात्रै ध्यान केन्द्रीत रहेको बताएका हुन् ।

एमालेको उदेश्य राजनीतिक स्थायीत्व, मुलुकको बिकास र हित मात्रै रहेकाले जनताले विश्वास गर्ने पोखरेलको भनाई छ । नीतिहित, सिद्धान्तहिन र अस्थीरता सिर्जना गर्नेलाई पाखा लगाएर मुलुकलाई बिकासको बाटोमा अघि बढाउनुपर्ने पोखरेलले बताए ।

त्यस्तै पोखरेलले तिहार लगतै एमालेले पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए । घोषणापत्रमा यसअघि एमाले सरकारले गरेका काम र भावी योजनाहरु तालिकाबद्ध रुपमा आउने उनले बताए ।

अहिले पनि मुलुकको राजनीतिलाई प्रदुषित गर्ने अपराधिक धन्दा चलिरहेको भन्दै पोखरेलले त्यसले सिर्जना गरेका भ्रमहरुलाई एमालेले चिर्ने जिकिर गरे ।

प्रकाशित मिति : October 25, 2022 at 1:06 pm