नुवाकोट १ (ख)मा डोलबहादुरले उम्मेदवारी फिर्ता लिए, एमालेका श्रेष्ठलाई मत दिन अपिल
८ कार्तिक, काठमाडाैँ । नुवाकोटको क्षेत्र नम्बर १ प्रदेश (ख) मा स्वतन्त्र उम्मेद्बारी दिएका डोलबाहादुर घलेले नेकपा एमालेका उमेदवार पूर्णलाल श्रेष्ठलाई सहयोग गर्ने भएका छन ।
नेकपा एमाले नुवाकोट काठमाडौ सम्पर्क मञ्चको आयोजनामा भएको दिपावली शुभकामना आदान प्रदान कार्यक्रममा घलेले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको रोहबरमा नेकपा एमाले नुवाकोटका अध्यक्ष तथा क्षेत्र नम्वर १ का उमेदवार बद्री मैनालीलाई प्रेस बिज्ञप्ती बुझाउदै आफ्नो सहयोग एमाले तर्फका उमेदवार श्रेष्ठलाई तथा नेकपा एमाले पार्टीलाई गर्ने घोषणा गरेका हुन् ।
घलेले प्रेस बिज्ञप्तीमा भनेका छन, ‘केही कारण बस आफ्नो उम्मेद्बारी फिर्ता गर्न नमिलेपनी आफ्नो सहयोग नेकपा एमाले तर्फका उम्मेद्बार पुर्णलाल श्रेष्ठलाई तथा नेकपा एमाले पार्टी लाई रहन्छ।’
प्रकाशित मिति : October 25, 2022 at 9:27 am









