२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

नेकपा एसका केन्द्रीय सदस्य थापा एमालेमा प्रवेश, ओलीले गरे स्वागत

६ असाेज, काठमाडाैं । ललितपुरको महालक्ष्मी नगरपालिकाकी पूर्वउपमेयर तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य निर्मला थापा नेकपा एमालेमा प्रवेश गरेकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनि एमाले प्रवेश गरेकी हुन् ।

उनिसँगै समाजवादीकै बुद्धिजीवी परिषदका केन्द्रीय सदस्य अशोक थापा पनि एमालेमा प्रवेश गरेका छन् । उनिहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । यसअघि शनिबार ललितपुरमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका नेता रत्नमान महर्जन, बलराम महर्जन, हीराकाकी महर्जन, नेकपा एसका रामसिंह महर्जनलगायत १०६ जना जिल्लास्तरीय नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

प्रकाशित मिति : 15:45