६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

नेप्सेको नयाँ वेबसाइट कार्तिक २७ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आउने

६ कार्तिक, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नयाँ वेबसाइट कार्तिक २७ गतेदेखि पूर्णरुपमा संचालनमा आउने भएको छ । नेप्सेले आज एक सूचना प्रकाशित गर्दै नेप्सेको नयाँ वेबसाइट कार्तिक २७ गतेबाट पूर्ण रुपमा संचालनमा आउने जानकारी दिएकाे हाे ।

सुचिकृत कम्पनीहरुलाई नयाँ वेबसाइटको लागि लगइन तथा युजर आईडी लिनको लागि आग्रह गरेको छ । नेप्सेले सञ्चालन गरेको नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) को लगईन आइडी नलिएका सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेले कार्तिक २५ गते भित्र  अनिवार्यरुपमा नट्सको लगईन आइडी लिन आग्रह गरेको हो।

कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेबसाइटबाट सार्वजनिक गर्नका लागि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको नट्सको लगइन र युजर आईडी अनिवार्य रहेको हुनाले लिन कम्पनीहरूलाई अनुराेध गरेकाे छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार १३:४३