२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

गठबन्धनले भारी महशुष गरिरहेका एमालेका मैनालीलाई अर्का उम्मेदवारकै समर्थन (विज्ञप्ति)

५ कार्तिक, नुवाकोट । पाँच दलीय गठबन्धनले भारी महशुष गरिरहेको नुवाकोट क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार बद्री मैनलीलाई अर्का एक उम्मेदवारले पनि सहयोग गरेका छन । उनले एमाले नुवाकोटका जिल्ला अध्यक्ष समेत रहेका मैनालीसँग भेटवार्ता गरेरै आफ्नो उम्मेदवारी निस्क्रिय बनाएर एमालेको पक्षमा उभिने घोषणा गरेका छन ।

जनसमाजवादी नेपाल पार्टीको तर्फबाट नुवाकोट जिल्ला क्षेत्र न १ प्रतिनिधिसभाका उम्मेद्वार रहेका निमेस तामाङले एमालेका प्रतिनिधिसभाका उम्मेद्वार मैनालीलाई समर्थन जनाएका हुन ।

उनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा अब मैनालीसँगै मत माग्न हिड्ने पनि बताएका छन । तामाङले मैनाली जनताको मनमुटुमा बसेको उम्मेदवार रहेको भन्दै प्रशंशा पनि गरे । मैनालीसँग गठबन्धनका उम्मेदवारहरू निकै डराएका छन ।

अन्य नेताहरू भ्रम बाँडेर हिड्ने र चुनावको मुखमा मात्र गाउँ जाने गरेको भए पनि मैनालीले भने हरेक दिनजसो नुवाकोटका जनताको बीचमा पुग्ग्ने गरेका छन । उनले दलहरूको बीचमा गठबन्धन भए पनि जनताले आफूलाई माया गरेर मत दिने बताउँदै आएका छन । गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हितबहादुर तमाङ उम्मेदवार रहेका छन ।

प्रकाशित मिति : 18:27