देउवा, प्रचण्ड र माधवहरू सत्ताका लागि देश बेच्न पनि तयार भएः अध्यक्ष ओली (भिडियो)
५ कात्तिक, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि गठबन्धन दलहरु देशपनि बेच्न तयार रहेको आरोप लगाएका छन् । शनिबार नेकपा एमाले ललितपुर जिल्ला कमिटीले मंगलबजारमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले गठबन्धनको ध्यान सत्तामा मात्रै केन्द्रीत रहेको भन्दै सत्ता स्वार्थका लागि देशपनि बेच्न तयार रहेको आरोप लगाए ।उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लागयत सत्ताका लागि देश बेच्न पनि ततयार देखिएको बताए ।
उनले गठबन्धनले चूनाव जित्नका लागि पैसाको खोलो नै बगाएको बताए । जनताको सार्वभौम मताधिकार त्यसलाई खोस्ने, भोट खसाउन नदिने लगाएतका षडयन्त्र भइरहेको भन्दै ओलीले देशलाई भिडन्ततर्फ लाने षडयन्त्रलाई विफल बनाउनुपर्ने धारणा राखे।
उहाले वर्तमान सरकारका कारण मुलुकमा महङ्गी, भ्रष्टाचार, अनियमितता बढेको आरोप लगाए । अहिले लाखौ रुपैया लिएर भूटानी शरणार्थीलाई परिचय पत्र दिएर विदेश उडाउने धन्दा सरकारले चलाइरहेको उनले बताए। ओलीले गठबन्धन सरकारकै कारण मुलुकको न्यायलय सेटिङको अखडामा परिणत भएको जिकिर गरे । प्रधान न्यायाधीशलाई न्यायलय प्रवेश गर्न नदिने न्यायाधीशहरुले हडताल गर्ने लगाएतका तमाशा देखिनु दुर्भाग्य भएको उनले बताए ।
त्यस्तै ओलीले अव एमालेभित्र कुनैपनि प्रकारको गुठबन्दी हुन नदिने स्पष्ट पारे । पार्टीमा योगदान नै नभएकाहरुले पद नपाएकै कारण एमाले छाडेर बिरोधमा उत्रिएको देखिएको उहाको भनाई छ । उनले अहिले देश बनाउने संकल्पका साथ एमाले अघि बढेको बताए । कार्यक्रममा अध्यक्ष ओलीले बिभिन्न दलबाट आएका नेता तथा कार्यकर्तालाई एमाले प्रवेश गराए।
प्रकाशित मिति : October 22, 2022 at 4:44 pm









