२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

हस्तकला क्षेत्रको उत्थान र विकास गर्नेछुः एमाले उम्मेदवार अमृत खड्का

४ कार्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ललितपुर क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अमृत खड्काले ललितपुर हस्तकला नगरी रहेकाले सो क्षेत्रको उत्थान र विकासमा थुप्रै काम गर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल ललितपुरले आज आयोजना गरेको ‘ललितपुर क्षेत्र नं ३ मा नेकपा (एमाले) को तर्फबाट प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारसँग साक्षात्कार’ कार्यक्रममा बोल्दै उहाँले हस्तकलाको व्यापार सदियाँै वर्ष अघिदेखि ललितपुरमा बाट भइरहेकाले सोको प्रवद्धन गर्दा समृद्ध नेपाल सुशी नेपालको परिकल्पना साकार हुन मद्धत पुग्नेछ ।

ललितपुरमा थुप्रै धातुकला, काष्ठकला, मूर्तिकला तथा प्रस्तरकलाका सामाग्रि निर्माण हुने भएकाले सोलाई ब्रान्डिङ गरी विश्व बजारमा पु¥याइने उद्देश्य रहेको खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “चीन र भारतसँग पुरानो व्यापार सम्बन्ध बढाउन लागि पर्ने छु ।” चीनसँग सो सामग्री व्यापारका लागि नीति नियम बाध्यक रहेकाले सोलाई फुकाउने काम आफू निर्वाचित भएपछि गर्ने भएको खड्काको भनाइ रहेको छ ।

सो क्षेत्र नं ३ ९१० बागमती प्रदेश सभा सदस्य पदका उम्मेदवार रघुनाथ महर्जनले उक्त स्थानलाई ललितकलाको उध्ययन गर्ने क्षेत्रको रुपमा विकास गर्ने योजना आफूमा रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो देशमा रहेको अदितिय सम्पदा देखेर कयौँ देशका मानिस आकर्षित भइरहेका छन् । उनीहरुले यहाँको वस्तुस्थिती बुझ्न कयौँ रकम खर्च समेत गरिरहेको देखिदा यसतर्फ केही गर्न जरुरी छ ।” सो को अलवा ललितपुरको बुङ्मती, खोकना, ठेचो, गोदावरी, हरिसिद्ध, सुनाकोठी जस्ता पर्यटकीय क्षेत्रमा पर्यटकको आकर्षण झन बढाउन विभिन्न योजना बनाउन जरुरी रहेको महर्जनले सुनाउनुभयो ।

सो क्षेत्र नं ३ ९२० बागमती प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रेमभक्त महर्जनले नेताले देश विकास गर्ने समालमा सामाजिक, आर्थिक, राजनीतिक जस्ता सबै क्षेत्रमा ध्यान दिएर कामका केन्द्रित हुनुपर्ने उहाँको मत रहेको छ । उहाँले भन्नुभयो, “हामी विजय भएपश्चात हाल नख्खु देखि भैँसेपार्टीसम्मको सडक बनाउने मेरो पहिलो प्राथमिकता रहने छ । हाल नख्खु सडक धुलाम्मे अवस्थामा रहँदा यसलाई विजयको निश्चितता पश्चात चिल्लो बनाउनेछौँ ।”

ललितपुर क्षेत्र नं ३ निर्वाचन परिचालन कमिटीका संयोजक दिनेश कार्कीले एमालेमा लामो समय काम गरेर अनुभव सङ्गालेका व्यक्तिलाई आफूहरुले सो पटक उम्मेदवारमा खडा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस निर्वाचनमा उम्मेदवारले विजय हासिल गरे पश्चात हामीले ललितपुरलाई थप विकास र व्यवस्थीत बनाउनेभएका छाँै । सो सँगै आफ्ना पार्टीका नेताले खोकना तथा थेचेमा उत्पादन हुने तेललाइ ब्रान्डिङ बनाउने पनि योजना बनाइरहेको कार्कीले सुनाउनुभयो ।

सोका अलवा आफूहरुले मुहालि नामक मौलिक बाजा र लपु महानगर भित्र सबैभन्दा बढी बोलिने भाषा संरक्षण, सबै जातजातिका गुठीलाई आत्मनिर्भर बनाउन थप जोड, २०७२ सालको भुकम्पले क्षतीग्रस्त संरचनालाई निरन्तरताको लागि थप पहल, धार्मिक पर्यटकको पदयात्रालाई निरन्तरता, युवालाई खेलको वैज्ञानिक माध्यमबाट विकास गर्दै लगिने कार्यक्रम तय गरेको खड्काले दाबी गर्नुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपाल ललितपुरका इन्चार्ज ईश्वरराज ढकालले आफूहरुले सो क्षेत्रका उम्मेदवारलाई निर्वाचीत गराउने विभिन्न कार्यक्रम गरिरहेको भनाइ राख्नुभयो ।

प्रकाशित मिति : 21:32