मंसिर ४ गतेपछि एमालेलाई सरकारमा जान कसैले रोक्न सक्दैनः अध्यक्ष ओली (भिडियो)
४ कात्तिक, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने बताएका छन । शुक्रबार काठमाडौंमा आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकलाई विकासको बाटोमा अघि बढाउन एमाले नेतृत्वको सरकार आवश्यक परेको भन्दै अबको निर्वाचनपछि एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने बताएका हुन ।
अध्यक्ष ओलीले आफ्नो काम जनताको माया गर्ने र विकास गर्ने भएकाले चर्चा कमाउन मात्रै काम नगर्ने बताए । उनले अरुजस्तो फ्रि भिसा फ्रि टिकट भनेर एमाले कहिल्यै नहिडेको बरु देशलाई माया गर्नेको पक्षमा काम गर्ने वाचा गरेको बताए ।
अहिले जनतालाई अल्मल्याउने नभई देशको विकास गर्ने बेला भएको उनको भनाइ छ । ओलीले आगामी निर्वाचनमा एमालेको बहुमत आउने गरी तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिए ।
प्रकाशित मिति : October 21, 2022 at 7:34 pm









