२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

कम्युनिष्टभन्दा नेपाली कांग्रेस नै उत्तम लाग्योः प्रचण्ड

४ कार्तिक, रूपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्ति कम्युनिष्टभन्दा नेपाली कांग्रेस धेरै उत्तम रहेको बताएका छन । शुक्रबार रूपन्देहीमा लुम्बिनीस्तरीय गठबन्धन दलका कार्यकर्ता भेलामा प्रचण्डले भने ‘प्रतिगमन र प्रतिक्रान्ति कम्युनिष्टभन्दा नेपाली कांग्रेस धेरै उत्तम हो, नेपालका सबै उपलब्धि कांग्रेससँग मिलेर भएका छन्, यसको अवस्थालाई बुझौं।’ उनले नेपालका सबै उपलब्धि कांग्रेससँग मिलेर भएको दाबी पनि गरे ।

उनले यो निर्वाचन ठूलो राजनीतिक लडाइँ भएको पनि बताए ।

प्रकाशित मिति : 16:42