२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

माधव नेपालमाथि निर्वाचन आयोगको कारबाही, एक लाख जरिवाना वा दुई वर्ष कैद हुने

३ कात्तिक, काठमाडाैँ । ‘फ्रि भिसा र फ्रि टिकट’दिने माधव नेपालको घोषणामाथि निर्वाचन आयोगले कारबाही गरेको छ । नेपालले रौतहटको एक सभामा भोट दिएर जिताउने युवालाई ‘फ्रि भिसा र फ्रि टिकट’मा विदेश उडाउने घोषणा गरेका थिए ।

नेपालको उक्त अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरित भएको भन्दै आयोगले बिहीबार उनीमाथि कारबाहीको निर्णय गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटलाई बाँकी कारबाही अघि बढाउन पत्राचार गरेको छ ।

रौतहटमा आयोजित कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएपछि नेपाल विवादित बनेका थिए । उनले भोट दिनेलाइ ‘फ्रि भिसा र फ्रि टिकट’ भन्दै भोटको अपिल गरेका थिए ।

आयोगले प्रहरीलाई पठाएको पत्रमा भनिएको छ, ‘तपाईंले ‘बिना ढेवा के भिसा मिलते हैं, टिकट मिल्ते हैं, काठमाडौं तालिम मिल्ते है’ भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको सो श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईँको होइन भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ।’

निर्वाचन ऐनको दफा २० को उपदफा (४) उपदफा (१) को खण्ड (च) विपरीतको कार्य गर्ने व्यक्तिलाई १ लाख रूपैयाँसम्म जरीवाना वा र २ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

प्रकाशित मिति : October 20, 2022 at 3:16 pm