४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

तीजको दर खाएर नाच्दा हेटाैँडामा एक जनाको मृत्यु

२८ भदाै, काठमाडाैँ । तीजको दर खाएर नाच्दै गर्दा मकवानपुरको एकजनाको मृत्यु भएको छ । जिल्लाको हेटाैँडा उपमहानगरपालिका वडा नम्बर ११ का रामहरि सिवाकोटीको दर खाएर नाच्दैगर्दा मृत्यु भएको हो ।

प्रहरीका अनुसार छिमेकी अष्टमाया श्रेष्ठको आँगनमा भएको तिज विशेष कार्यक्रममाा रमाईलो गर्दै नाचिरहँदा उनी लडेर अचेत भएका थिए । त्यसको केहीबेरमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शिवाकोटी युनिलिभर लिमिटेडमा कार्यरत थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७५, बिहीबार ०७:१६