प्रहरी ज्यादतीले सीमा नाघ्यो, समाचारको विषयमा दृष्टिका सम्पादक श्रेष्ठ विरूद्ध पक्राउ पुर्जी
२७ भदाै, काठमाडाैँ । प्रेस स्वतन्त्रता कुण्ठित गर्ने गरी प्रहरीले चलाएको अभियानले सीमा नाघेको छ । पत्रिकामा प्रकाशित समाचारको विषयलार्इ लिएर महानगरीय प्रहरी परिसर ललितपुरले दृष्टिका सम्पादक शम्भु श्रेष्ठलाई पक्राउ पुर्जी जारी गरेको हो ।
प्रहरीले पक्राउ पुर्जी जारी गरेको चाल पाएका श्रेष्ठ प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द अाचार्य र वरिष्ठ पत्रकारद्धय गोपाल बुढाथोकी र देवप्रका त्रिपाठीसहित अाफैँ प्रहरी कार्यालय पुगेका थिए ।
प्रहरीले विना उजुरी श्रेष्ठका नाममा पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीकोमा अाफैँ पुगेका श्रेष्ठलार्इ एउटा मात्रै प्रश्न ‘तपाईको समाचार साभार गर्नुअघि अनुमति लिएको थियो वा थिएन ?’ भन्ने प्रश्न सोधेर छाडेको थियो ।
श्रेष्ठलार्इ पक्राउ गर्न प्रहरीले पुर्जी जारी गरेको विषयलार्इ लिएर नेकपा नेता एवं सांसद योगेश भटरार्इले अापत्ति जनाएका छन । उनले ट्वीट गर्दै सोधेका छन प्रहरीले के को बहादुरी देखउन खोज्दै छ ?
एकजना स्थापित र बरिस्ट संपादक शंभु श्रेष्ठलाई पक्राउ गरी ल्याउने उर्दी जारी गरेर नेपाल प्रहरीले के को बहादुरी देखाउन खोजेको हो ? मैले बुझ्न् सकिन । काम कुरो एकातिर कुम्लो बोकी …… तिर !
— Yogesh bhattarai (@yogesbhattarai) September 12, 2018
प्रकाशित मिति : २७ भाद्र २०७५, बुधबार २२:१०