आचारसंहिता विपरित हँसिया-हथौडाको झण्डा बोकेर गाउँछिरे कांग्रेस नेता रामचन्द्र पाैडेल
२८ असोज, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचन आचारसंहिता विपरित हँसिया-हथौडाको झण्डा बोकेर गाउँछिरेका छन । निर्वाचन आचार संहिताको उल्लंघन गर्दै पाैडेल व्यास नपा-१३ को बेनीकोटमा तनहुँ क्षेत्र नम्बर १ का नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारहरूसँग निर्वाचन प्रचारमा हिडेँका हुन ।

गाउँमै रोजगारी र गाउँमै आम्दानी सिर्जना हुने वातावरण बनाइने जानकारी गराउँदै आफूले सोही लक्ष्य लिएर राजनीति सुरु गरेको नेता पौडेलले बताए, “गाउँमा सुविधा र रोजगारीको अवसर नभएपछि मानिस सहर झरेका छन्, अहिले गाउँमा सबै सुविधा पुगिसकेको छ, अब आम्दानी र रोजगारीको अवसर पनि पुग्छ”, उनले भने ।
तनहुँले विकासमा काँचुली फेर्ने जिकिर गर्दै वरिष्ठ नेता पौडेलले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि यो समयमा मात्र तनहुँमा रु दुई अर्बभन्दा बढी बजेट आएको र यसले निरन्तरता पनि पाउने उल्लेख गर्नुभयो । सडक, पुल, खानेपानीको विकासले तीव्रता पाएको र कषि तथा पर्यटनमा पनि क्रान्ति हुँदै गएको उल्लेख गरे । उनले आजै आचारसंहिता विपरित व्यास–१३ बेनीकोट, पोखरीभञ्ज्याङ, गुदी, व्यास–१४ केशवटार, रुम्सी, ठिन, नयाँगाउँमा मतदातासँग भेटघाट गर्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ ।
प्रकाशित मिति : October 14, 2022 at 1:20 pm









