२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमालेसँग तालमेलपछि प्रधानमन्त्री देउवाद्धारा जसपाका चार मन्त्री बर्खास्त

२७ असाेज, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीहरूलाई बर्खास्त गरेका छन्। सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गरेको जसपाका चार जना मन्त्रीहरूलाई बिहीबार देउवाले बर्खास्त गरेका हुन्।

जसपाबाट राजेन्द्र श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास, मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्री थिए। राष्ट्रपति विद्यादेवी भण्डारी बर्खास्त भएका सबै मन्त्रीहरूले सम्हालेका मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्ने गरी कार्यभार तोकेकी छन्।

प्रकाशित मिति : October 13, 2022 at 6:16 pm