१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

नुवाकोट २ (ख)मा पूर्व सम्धिनी राममाया बोगटीको उम्मेदवारी प्रचण्ड आफैँले थुते

२६ असोज, नुवाकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले पूर्व सम्धिनी राममाया बोगटीको प्रदेशसभा सदस्यको उम्मेदवारी इमेल मार्फत आफैँले थुतेका छन ।

नुवाकोट क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)मा उम्मेदवारी दिएकी बोगटीको उम्मेदवारी उनले फिर्ता लिन नमानेपछि प्रचण्ड आफैँले दिउँसो १२ बजेर ३६ मिनेटमा निर्वाचन आयोगमा इमेल गरेर उम्मेदवारी फिर्ताको जानकारी दिएका हुन ।

बोगटीले उनै प्रचण्डको हस्ताक्षरको टिकटमा असोज २३ गते उम्मेदवारी दर्ता गरेकी थिइन । पाँच दलको बीचमा भएको केन्द्रीय समझदारी अनुसार सुरूमा माओवादीको भागमा परेपनि नेपाली कांग्रेसले उक्त टिकस खोसेको हो । कांग्रेसले केन्द्रीय समझदारी विपरित केन्द्रीय सदस्य बहादुरसिंह लामालाई उम्मेदवार बनाएपछि राममायाको टिकट खोसिएको हो ।

प्रकाशित मिति : October 12, 2022 at 3:26 pm