२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

चितवन– ३ मा एमालेले फिर्ता लियो उम्मेदवारी, कांग्रेसका बागीलाई समर्थन

२६ असाेज, काठमाडाैं । चितवन क्षेत्र नम्बर ३ मा नेकपा एमालेले उम्मेदवारी फिर्ता लिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएर आफ्ना उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएका हुन् । न्यौपाने एमाले चितवनका अध्यक्ष समेत हुन् ।

एमालेको समर्थन आफूलाई रहने पक्का भएको नेपाली कांग्रेसका तर्फबाट बागी उम्मेदवारी दिएका दिनेश कोइरालाले जनाएका छन् ।कोइराला कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् । प्रचण्डले छाडेको सो क्षेत्रमा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : October 12, 2022 at 2:12 pm