२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

गठबन्धन संविधानको भावनाविपरित रहेको बामदेवको ठहर, मतदानमा स्वविवेक प्रयोग गर्न अपिल

२६ असोज, काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतमले आफ्ना कार्यकर्तालाई मन लागेको उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन । बुधबार एक विज्ञप्ति जारी गर्दै संयोजक गौतमले आफूले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कुनै पनि पार्टीले समर्थन नगर्ने बताए । गौतमले आफ्ना कार्यकर्ताहरुलाई निर्वाचनमा स्वविवेक प्रयोग गरेर मतदान गर्न अपिल गरेका छन् ।

गाैतमले गठबन्धन बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली र नेपालको संविधानको भावनाकोविरुद्ध भएको बताएका छन ।उनले भनेका छन्, ‘यस्तो अवस्थामा हाम्रो पार्टीले कुनै पनि पार्टीलाई समर्थन गरेर मतदान गर्न सकिने अवस्था रहेन । उपरोक्त परिस्थिति र आफ्नो अवस्थालाई ध्यानमा राखेर हामी पार्टीका नेता, कार्यकर्ता, सदस्य, समर्थक र शुभचिन्तकहरुलाई स्वविवेक प्रयोग गरी मतदान गर्न अनुरोध गर्दछौं ।’

प्रकाशित मिति : October 12, 2022 at 12:27 pm