एमालेको समर्थन रहेको दाबी गर्ने दीपक मनाङ्गे मनाङ (ख)बाट निर्विरोध सांसद निर्वाचित
२६ असोज, काठमाडाैँ । नेकपा एमालेको समर्थन रहेको दाबी गर्ने गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे (राजिव गुरूङ) निर्विरोध निर्वाचित भएका छन ।
मनाङको प्रदेशसभा (ख)मा मनाङ्गेले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यद्यपी उनले आफूलाई एमालेले समर्थन गरेको दाबी गरेका थिए । गुरूङको उम्मेदवारी रहेपछि एमालेले पनि आफ्नो उम्मेदवारी प्रस्तुत गरेकतो थिएन ।
सो प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा गुरूङले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन । निर्वाचन अधिकृतको कार्यालयले दोर्जेको उम्मेदवारी फिर्ताको निस्सा समेत दिइसकेको छ । उनी यो निर्वाचन निर्विरोध निर्वाचित हुने पहिलो सांसद बनेका छन ।
प्रकाशित मिति : October 12, 2022 at 11:55 am









