नुवाकोटको पञ्चकन्या माविमा विकृतिविरूद्ध बोल्दा कुटार्इ खाएका शिक्षक प्रहरीको शरणमा
२७ भदाै, नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ को पञ्चकन्या उच्च माविमा विकृतिको विरूद्ध बोल्दा अाफ्नै प्रधानाध्यापक सहितको उपस्थितमा सहकर्मीबाट कुटेर लखेटिएका शिक्षक मोहन रसाइली प्रहरीको शरणमा पुगेका छन । शिक्षक नवराज थापाले अाफूलार्इ मारेर गाड्ने धम्कीसहित कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा किटानी जाहेरी दिएका छन ।
भदाै २२ गते विद्यालयको मिटिङ भनेर बोलाएर ढोका थुनेर कुटिएको बताउने रसाइली अाफ्नो सुरक्षाको माग गर्दै प्रहरीकोमा पुगेका हुन । उनले अाफूले विद्यालय भित्रको विकृतिको बिरूद्धमा अावाज उठाउँदा अनेकन अारोप लगाएर विगत केही महिनादेखि टर्चर दिँदै अाएको समेत बताएका छन । उनी विद्यालयभित्रै अाफ्नो हत्याको प्रयास भएका कारण असुरक्षित भएको भन्दै शुक्रबारदेखि विद्यालय नगर्इ अाफू लुकेर हिडेको बताउँछन ।
यता रसाइलीको कुटपटि र ज्यानै लिने धम्कीको प्रत्यक्षदर्शी समेत बनेका प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिको बैठक डाकेर रसाइली माथिको कुटपिटलार्इ समान्य भनाभनमात्रै भएको निर्णय गराएका छन । कुटपिटको घटना र हत्याको धम्कीले भागेर बसेका शिक्षकलार्इ समान्य जानकारी समेत नबोलार्इ बुधबार गाउँका उपलब्ध भएका विद्यार्थी र अभिभावक समेत बैठकको उपिस्थितिमा हस्ताक्षर गराएर पछि माइन्युट गरिएको बैठकका एक जना सहभागीले दैनिकीलार्इ जानकारी दिए ।
उनले भने कुटपिट भएकाे हो रहेछ तर विगतमा रसाइली सरबाट पनि केही कमजाेरी भएको देखिएकोले उनलार्इ विद्यालयबाटै लखेट्नुपर्छ भन्ने मत अाएको बताए । विद्यालयमा अनियमितता नभएको भन्दै प्रधानअध्यापकले अाफ्नो बचाउ गरेका छन । उनले समाचार र सामाजिक सञ्जालमा व्यक्त भएका प्रतिक्रियाको पछि नलाग्न अाग्रह गरेका छन । बैठकमा सहभागी विद्यालय व्यवस्थापन समितिका एक सदस्यले भने कुटपिटको घटना सामान्य भए पनि विद्यालयको इज्जत जाने गरि प्रचार गरिएकोले शिक्षक रसाइलीलार्इ कारबाही गर्ने तयारी गरेको बताए ।
यो पनि पढ्नुहोस्
–नुवाकोटको पञ्चकन्या उच्च माविमा विकृतिविरूद्ध बोल्दा कार्यालयमै शिक्षकको हत्या प्रयास
प्रकाशित मिति : २७ भाद्र २०७५, बुधबार १८:३५