केपी ओलीलाई भीम रावलको प्रश्नः संदिग्ध र रंगिविरंगी सर्प किन हुर्काइदैछ ?
२५ असोज, काठमाडौँ । नेकपा एमालेका नेता डा भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग प्रश्न गरेका छन । एक टेलिभिजन अन्तर्वार्तामा ओलीले प्रभु साहलाई सन्दिग्धको उपमा दिएपछि रावलले समाजिक सञ्जाल ट्वीटरबाट ओलीसँग प्रश्न गरेका हुन ।
ओलीले साहलाई सन्दिग्ध भनेपछि पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले हरियो सर्पको रूपमा साहको चित्रण गरेका थिए । दुबै सन्दर्भमा जोड्दै रावलले अध्यक्ष ओलीलाई प्रश्न गरेका हुन रु कुनै समय आफ्नै पार्टीको अध्यक्ष र प्रधानमन्त्री को हो भनेर संसदमै प्रश्न गर्ने रावल प्रश्न गर्ने मामलामा अघि नै देखिन्छन ।
उनले भनेका छन, ‘प्रभु साहाको ‘विद्रोह’ बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो।’हरियो सर्प’ भनेको पनि आयो।’संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ‘संदिग्ध र रंगिविरंगी सर्प’ किन हुर्काइदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?’
प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार १७:४५












