२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

वीरेन्द्रबहादुर केसीको ‘राजिनामा नाटक’ निर्मलाको न्याय कि बलात्कारीको संरक्षणका लागि ?

२७ भदाै, काठमाडाैँ । कञ्चनपुरको भिमदत्तनगरकी बालिका निर्मला पन्तको बालात्कारपछिको हत्या र त्यसपछि प्रहरीले प्रमाण लुकाउनका निम्ति अर्को निर्दोषको हत्याका गरेको विषयमा छानविन गर्न गठिन उच्चतस्तरीय समितिका एक जना सदस्य  वीरेन्द्रबहादुर केसीको ‘राजिनामा नाटक’ को अन्त्य भएको छ । अर्थात उनले अाफूले पत्रकार सम्मेलन गरी घोषणा गरेको राजिनामा फिर्ता लिएका छन ।

प्रदेश(७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत रहेका केसीले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी राजीनामाको घोषणा गरेका थिए तर अाज बुधबार पनि पूरा नहुँदै उक्त राजिनामा फिर्ता गरेको बताएका छन । उनको यस गतिविधिले सम्पूर्ण छानविन प्रक्रियालाई शंकाको घेरामा तानेको छ।

उनले निर्मलाले न्याय पाउनेमा शंका रहेको भन्दै राजीनामामात्र दिएन बाँकी प्रचारित हुने काम पनि गरे । उनले आफ्नो र परिवारको सुरक्षामा समेत खतरा रहेको बताउँदै विना ठोस कारण र प्रमाण राजिनामा दिए तर उनको विरूद्धमा उनकाे अपेक्षा विपरित चर्को अालोचना भयो र अाज बुधबार नै राजिनामा फिर्ता लिए ।

धम्कीले राजिनामा दिएको बताउने केसीले फेरि धम्कीमै राजिनामा त फिर्ता गरेनन भन्ने अर्को प्रश्न समेत जन्मिएको छ । केसीले सोमबार पत्रकार सम्मेलनमा अनुसन्धान टोली हत्यारासम्म पुग्न नसक्ने बताएका थिए। यस्तै उनले टोलीबाट भइरहेको अनुसन्धानमा फरक मत राख्दै राजीनामा दिएको बताएका थिए। तर, तिनै केसीले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘मेरो गृहमन्त्री लगायतसँग दुई घण्टा लामो वार्ता भएको छ, उहाँले तपाईको जिउज्यानलाई असुरक्षा भए काठमाडौँ बसेर काम गरे हुन्छ भन्नुभयो। मेरो र गृहमन्त्री दुबैको धारणा निर्मलाले न्याय पाउनु पर्छ भन्ने नै हो।’

केही डराएका र आत्तिएजस्तो देखिएका केसीले पत्रकार सम्मेलनमा दिएका धेरै जवाफले घटनाको विषयवस्तुलाई प्रष्ट्याउने भन्दा घटनालाई झनै भुमरीमा धकेल्ने काम गरेको छ ।  उनले सोमबार उठाएका बिषय र बुधबार त्यस बिषयमा दिएको परस्पर विरोधी जवाफले निर्मलाले न्याय पाउनेमा झनै आशंका थपिएको छ।

प्रकाशित मिति : २७ भाद्र २०७५, बुधबार १८:५६