७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

कालिकोटको तिलागुफामा पहिरोमा परि वडा अध्यक्षसहित १३ जना वेपत्ता (नामसहित)

२४ असोज, काठमाडाैँ । कालिकाकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलाम गएका १३ जना पहिरोमा परी वेपत्ता भएका छन । शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलाममा तिला नदी गएका वडाध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीसहित १३ जना मलामी वेपत्ता भएको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिए । मलामी गएका १५ जना मध्ये दुई जना सकुशल सम्पर्कमा अाएका छन ।

उहाँका अनुसार १५ जनामध्ये दुई जना सम्पर्कमा आएका र १३ जना अझै सम्पर्कविहीन छन् । कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले राँचुलीमा मलाम जाँदा पहिरोमा वेपत्ता भएकाहरूको खोजी गर्न सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

पहिरोमा परि बेपत्ता हुनेमा तिलागुफा नगरपालिका-४ का ४७ वर्षका कालीबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ३६ वर्षका छत्रजंग शाही, २८ वर्षका खगेन्द्र शाही, २३ वर्षका भेषबहादुर शाही, ५५ वर्षका धना शाही, ७६ वर्षका अलि शाही, २३ वर्षका खेमराज शाही, ५७ वर्षका मानबहादुर शाही, ४१ वर्षका मोतिलाल शाही, ५६ वर्षका वडाअध्यक्ष परबहादुर शाही, २४ वर्षका नरेश शाही र २२ वर्षका प्रशान्त शाही रहेको कालिकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिए । यसअघि शुक्रबार पनि सोही नगरपालिकामा पहिरोमा परी ६ जना वेपत्ता भएका थिए ।

प्रकाशित मिति : October 10, 2022 at 1:25 pm