कञ्चनपुरमै फेरि १० वर्षीय बालिका बलात्कृत, बालात्कार गर्ने ४० वर्षीय आइते सुनार पक्राउ
२७ भदाै, कञ्चनपुर । कञ्चनपुरमा फेरि १० वर्षीया बालिका बालात्कृत भएकी छिन । बालिकालार्इ बालात्कार गरेको अारोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेकाे प्रहरीले जनाएको छ । सुनारलाई स्थानीयबासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधारले पक्राउ गरी अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।
त्यसैगरी १० वर्षीया बालिकामाथि अभद्र व्यवहार गरेको आरोपमा वैतडीको दोगडा केदार गाउँपालिका–७ का ६० वर्षीय जयसिंह कार्कीलाई कारागार चलान गरिएको छ। धरौटी रकम रु १० हजार तिर्न नसकेपछि उनलाई कारागार पठाइएको हो । कार्कीले यही भदौ १९ गते बालिकामाथि हातपात गर्दै अभद्र व्यवहार गरेका थिए।
प्रकाशित मिति : September 12, 2018 at 12:31 pm









