६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

नुवाकोटको ककनीमा बाढीले बगाउँदा ८ वर्षीय बालिकाको मृत्यु, ४ वर्षीय बालक बेपत्ता


२१ असोज, काठमाडौँ । नुवाकोटको ककनीमा मामाघरमा दसैँ मानेर घर फर्किरहेका बालबालिकालाई खोल्साको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन । ककनी गाउँपालिका वडा नम्बर २ का शिवम् घिमिरेका एक ८ वर्षीय छोरी बेबिसा घिमिरेको बाढीले बगाएर मृत्यु भएको छ भने  ४ वर्षका छोरा श्रीयान घिमिरे वेपत्ता रहेका छन ।

बिहीबार काठमाडौँको मामाघरमा दसैँ मानेर घर फर्कने क्रममा ककनीको वडा नम्बर १ मा रहेको एक खोल्सा ढल थुनिएर सडकबाट बगिरहेकोमा बालबालिका चढेको मोटरसाइकल बाढीले ढालेको थियो । बाढीले मोटरसाइकल ढाल्दा त्यसमा सवार रहेका छोरीलाई घाइते अवस्थामा उद्धार गरेर अस्पताल लगिएकोमा बाटोमा मृत्यु भएको थियो भने छोराको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ ।

छोरीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । वेपत्ता भएका छोराको खोजी जारी रहेको छ । सडकमै बाढी देखेपछि पत्नी अञ्जु अधिकारी घिमिरेलाई सडकको वल्लो किनारमै छाडेर शिवममले छोरा र छोरीलाई मोटरसाइलकमा राखेर खोल्सा तार्न लागेका थिए । सो अवस्थामा मोटरसाइकल बाढीले ढालेको नेकपा एमालेका नेता समेत रहेका स्थानीय बैकुण्ठ घिमिरेले दैनिकीलाई जानकारी दिए ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार ०९:१९