६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

काठमाडौंको चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु


२१ असोज, काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोमा ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिंदा उनिहरूकाे मृत्यु भएकाे हाे ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेका प्रहरीले जानकारी दिएकाे छ । अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार ०७:५५