६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

आत्मसमर्पण गरेका सन्दीपकाे हातमा हत्कडी देखेपछि प्रहरीको चर्काे आलोचना


२० असाेज, काठमाडौँ । बलात्कारको आराेप लागेपछि आत्मसमर्पण गरेका क्रिकेटर सन्दीप लामिछानेको हातमा हत्कडी देखेपछि सामाजिक सञ्जालमा प्रहरीको चर्काे आलोचना भएकाे छ ।

आराेप लागेर आफैँ प्रहरी कार्यालय गएर आत्मसमर्पण गर्ने घाेषणा गरेका लामिछानेलाई अपराधीलाई जस्ताे व्यवहार गरिएकाे भन्दै सामाजिक सञ्जालमा विभिन्न पेशा र व्यवसायका मानिसले प्रहरीकाे चर्काे आलाेचना गरेका हुन । हामीले यहाँ केही प्रतिक्रिया समेटेका छाैँ

पत्रकार राेहित दाहाल लेख्छन्, `टनका टन सुन भित्रिँदा बेखबर, संवैधानिक निकायमा बसेको व्यक्तिले नै भीआइपी कक्षबाटै आतंककारी भगाउँदा बेखबर प्रहरीले आफै आत्मसमर्पण गरेका क्रिकेटर सन्दीप लामिछानेलाई अन्तर्राष्ट्रिय आतंकवादी फेला पारेकाेजस्तो व्यवहार गर्नु कानुन कार्यान्वयन हो भने आरोपित व्यक्तिको पहिल्यै नाम सार्वजनिक गरेर मिडिया ट्रायल गर्ने प्रहरी अधिकृतलाई पनि कारबाहीको दायरामा ल्याएर कानुन कार्यान्वयन गर ।´

पत्रकार महेश आचार्य लेख्छन, `कहिं कतै लुकेको/भागेको अवस्थामा भेट्टाएको अपराधीलाई जस्तो ब्यबहार नगरेको भए हुन्थ्यो नि हौ। केहि ढिलो भएकै हो, तर सन्दिप लामिछाने दिन र समय जानकारी गराएर आत्मसमर्पण गर्न आएका होईनन र? भाग्छन भन्ने डरले हो कि किन‌ हो, म्याच फिक्सिंग आरोपित फुटवल खेलाडीलाई आफ्नै हाता भित्र पनि यसरी नै मिडिया सामू सार्वजनिक गरेको थियो प्रहरीले। हातमा हतकडी र मास्क सहित (त्यतिबेला कोरोना थिएन)। मुस्कान सहितको सेवा नारा दिएर मात्रै भएन, अलि अलि तरिका पनि बदल्न जरुरी छ जस्तो लाग्यो।´

यस्तै अनेरास्ववियुका नेता जिबी गजल लेख्छन, `सन्दिप लामिछाने अभियुक्त होइन , आरोपित हुन ! हतकडी लाउनु निन्दनीय छ ! गल्ती प्रमाणित भए गाली गरिन्छ। तर स्न्याप च्याटमा ब्लक गरेकै आधारमा कोहि बलात्कारी हुन सक्तैन। बाकी कानुन छदैछ।´

यस्तै सुरेश जिसी फेसबुकमा लेख्छन, `एउटा राष्ट्रिय खेलाडीलाई समात्न पुरा शक्ति प्रयोग गरेको देखेर अचम्म लाग्यो, देशका कुना कन्दरामा निर्मला पन्त जस्ता कयौ बलात्कार र हत्या कान्ड हुदा अपराधी छुपाउने प्रसासन,आज देशको यौटा गहना , देशको प्रसिद्दी को निम्ति लडेको यौटा योद्दा माथी तेहि पुलिस प्रसासन हात धोयर पिछा परेको छ, जो अप्राधी भरस्ट्चारी नेताहरुलाइ रातारात सफाईदिन सम्म पछि पर्दैन, एउटा ख्याति प्राप्त खेलाडीको न बाच्ने अधिकार रह्यो न सिर उचो पार्ने?!नियम कानुन त शक्ति पहुच वालाले आफुअनुकुल बनायर चलाउन लाई त रहेछ??!´

त्यस्तै अछामका पत्रकार शिवराज ढुंगाना लेख्छन, `प्रहरीमा आत्मसमपर्ण गर्न आइसकेपछि हत्कडी लाउनु नै नेपाल प्रहरीको ठूलो सफलता हो ।´

यस्तै पत्रकार कृष्ण ओली लेख्छन, `न आत्मसमर्पण हाे, न पक्राउ हाे ! याे त सन्दिपले नेपालकाे न्यायलय र कानुनी व्यवस्था माथि गरेकाे सम्मान हाे । सन्दिप नेपालका शान हुन्, क्रिकेट दुनियाँका युवा क्रेज हुन् ! तर कानुन माथि हाेइनन्, न्याय नमर्ने गरि अन्याय नहुने गरि छानवीन हुनेमा विश्वास गराैं !´

यस्तै खेलप्रेमी युवा विशाल अधिकारी लेख्छन्, `उसले यो देश को लागि के के सम्म दियो , उपाहार स्वरुप यो देशले उसलाइ यो दियो 😢 #sandy´

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार १४:००