६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

काठमाडौंको महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा नुवाकाेटका युवाकाे मृत्यु


२० असाेज, काठमाडौं । काठमाडौंको महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा नुवाकाेटका एक युवाकाे मृत्यु भएकाे छ । प्रहरीका अनुसार महाराजगन्जबाट लाजिम्पाट जाँदै गरेकाे बा ४२ प ३३१४ नम्बरको स्कुटर ट्राफिक आइल्याण्डमा ठोक्किएर दुर्घटना हुँदा नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका २० वर्षीय आनन्द गुरुङको मृत्यु भएको हाे ।

दुर्घटनामा स्कुटरको पछाडि बसेका दोलखाका सचिन तामाङ गम्भीर घाइते भएका छन् । उनको उपचार भैरहेकाे छ ।

 

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार १२:४८