४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

भारतका लागि कम्फर्टेबल सरकार बनाउने प्रचण्डले कुन अनुहार देखाएर भोट माग्लान ?


-सरोजकुमार तामाङ

मंसिर ४ को प्रादेशिक र संघीय निर्वाचनको माहोलसँगै नेपालको राजनीतिक वृतमा विशेषत: परमादेशी शेयरहोल्डरहरुको सिट बाँडफाँडले तातिएको छ । चुनावको पूर्वसन्ध्यामा आएर कुनैपनि लोकतान्त्रिक मुलुकको राजनीतिक वातावरण गरम हुनु कुनै नौलो बिषय हैन ।

तर, अरू बेला राज्य स्रोतसाधनको दोहन, मुलुकको स्वतन्त्रता र स्वाधीनतामाथि विदेशी शक्तिहरुको खुल्मखुला हस्तक्षेप हुँदा पनि सत्तासीन हुनको निम्ति चुपचाप बस्ने, र देशप्रेमी जनताले त्यो बिरुद्ध आवाज उठाउँदा नसुने झैँ गर्नेहरू आज सम्बन्धित दलको तर्फबाट टिकट नपाउने छाँटकाँट देखिदाँ मौसमी राष्ट्रवाद र विकासवादका कुरा विभिन्न सामाजिक संञ्जालमार्फत पोखिँदा मानौं आकाशै खसेको भान नेपालीहरुको महान चाड विजयादशमीको समयमा सृजित भएको छ ।

जनताको त्याग र तपत्याबाट ल्याइएको यो ब्यवस्था र यस अन्तर्गतका राष्ट्रहित र जनहितका बुँदाहरुलाई संस्थागत गर्दै आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरण गर्दै मुलुकलाई विकास र समृद्धितर्फ अग्रसर हुनुपर्नेमा टिकटको रोइलो देखिनु अवसरवाद र अराजकताको एक पराकाष्ट हो । यस्ता कुलक्षिण नेता र तीसँग सम्बन्धित दललाई आगामी निर्वाचनबाट जनताले जमानत जफतको अवस्थामा नपुर्याए यो मुलुकको कायाकल्प हुनसक्दैन् ।

जनता र जनब्यवस्था सर्वशक्तिमान हुनुपर्नेमा सिमित नेता र तिनका आसेपासेमात्र सुखी र समृद्ध हुने हो भने विगतमा केपी ओली नेतृत्वको सरकारलाई प्रतिगामी र वेथिति भन्नेहरु कुन कोणबाट अग्रगामी र विकासप्रेमी भए ? जनताले तिम्रो ब्यक्तिगत स्वार्थको नीति हेरेर अब निर्वाचनमा मत दिनुपर्ने हो ? जनताका जनजिविकाका सवालहरुलाई राज्यको तर्फबाट ग्यारेन्टी गर्न सक्दैन भने यो परमादेशी सरकारका शेयरहोल्डरहरुलाई बारम्बार जनमतबाट नवीकरण गर्दै जानुपर्छ भन्ने के छ ? किन जनताको मतले नै निर्वाचित भएरपनि जनताको कुरा सुन्न सक्दैनौ ?

राज्य संचालन गर्न गरिब, किसान, मजदूर, सर्वहारा र श्नमजीवीवर्गले खाईनखाई कर, तिरो, भ्याट, अन्तशुल्क लगायत विभिन्न उत्तरदायी बहन गर्नुपर्ने तर त्यस वापत जनतालाई महंगी, बेरोजगार, वेथिति र भ्रष्टाचार उपहार दिने के यही हो जनशासन ? प्रचन्ड, शेरबहादुर, माकुने, बाबुराम र उपेन्द्र यादवमा राष्ट्रको स्वाधीनता र जनहितको पक्षमा बोल्न र लड्न साहसको कमी भएको हुँदा त्यस्तो गम्भीर प्रकृतिको विरामीलाई उपचार गर्न जनताले सदैव आफ्ना सुखी र समृद्धिको चाहानालाई त्याग गर्न सक्दैन् ।

लोकतन्त्रमा जनतालाई गधाँको भारी बोक्न उध्त गर्ने जो कोही शक्ति पनि क्षणभरमै चक्नाचुर गर्ने तागत जनताले राख्छ । तिम्रो विदेशी शक्तिको दलाली रूप फेरिदैमा जनमत प्राप्त हुन्छ भनि नसोचे हुन्छ । हामीलाई तिम्रो रूप हैन; ब्यवहारमा परिवर्तन चाहिएको छ । जनतासँग शोषक र सामन्तीवर्गको ब्यवहार नदेखाऔ । परिवर्तनको तागत राख्ने जनतालाई केही हैन जसरी बुझ्दै जान्छौ भने २४० बर्षदेखी शोषक सामन्तीवर्गको किल्ला मानिने राजतन्त्र त जरैदेखी उखेलेर फ्याँक्यौं भने तिमीहरु जस्ता आफूले आफैंलाई छोटे राजन सम्झिनेहरु हाम्रै जनमतबाट बारम्बार नवीकरण हुनुपर्ने हो । त्यो समय भनेको मंसीर ४ हो ।

भारतका लागि कम्फरटेबल सरकार बनाउँदै हिड्ने प्रचन्डले अब कसरी जनतामाझ मत माग्दै हिड्ने ? हामीलाई विदेशीभक्तको सरकार गठन गर्न मत देऊ भन्दा जनताले के भन्ला ? त्यो बारेमा सोचेका छौ ? नेपाली जनताको सार्वभौमसत्ता सम्पन्न गरिमामय सदनबाट सित्तैमा अंगीकृत नागरिकता बाँडन ल्याइएको विधेयक पास गर्न तिमीहरुलाई कसले अधिकार दियो ? यसबारेमा जनताको रायसुझाव लिने कोशिस किन गरेनौ ? जनताको शासन ब्यवस्थामा जनतालाई नै नसोधि मनपरी गर्न हामीले भोट दिएका हैनौँ ।

जनताको हक-अधिकार र मुलुकलाई कमजोर बनाउन जनप्रतिनिधिको घुम्टो ओड्ने चेष्टा नगरौ । जनताको प्रतिनिधि भएर जनताको समस्या बुझेको खैँ ? जब जनताको समस्या बुझ्नै तिमीहरुलाई टाउको दुख्छ भने हामीले पनि किन मत हालेर तिमीहरु जस्ता दलालीहरु बोक्दै हाम्रा टाउको दुखाउँनु ? तिम्रा टाउको दुख्छ भने हाम्रो पनि दुख्छ । दुख्ने र दुखाउने कुकार्यको अन्त्य गर्न अब जनताले जनताको निर्णायक शक्ति नेकपा एमालेलाई अत्याधिक बहुमतकासाथ विजय गराउँदै सुखी नेपाली र समृद्ध नेपालको आफ्नो आकांक्षलाई पूरा गर्नु पर्नेछ । यो अर्थमा पनि नेकपा एमाले विजय हुनुपर्छ कि आफ्नो जन्मकालदेखी जनहित र राष्ट्रहितको पक्षमा समय प्रतिकूल हुँदा पनि चट्टानी अडान लिएको इतिहास छ र भविष्यमा पनि नेकपा एमालेले आफूलाई सधैं जनताको अग्निपरीक्षामा राखिराख्नेछ ।

नेकपा एमाले कुनै नेताको स्वार्थले जन्मिएको पार्टी हैन् । यो त जनताको कसीबाट माँझिएर खारिएर जनतामाझ हूर्किएको श्नमजीवीवर्गहरुको पार्टी हो । तसर्थ नेकपा एमालेको कार्यक्रम, रणनीति र कार्यनीति जनहित र राष्ट्रहित विपरीत हुनसक्दैन् । अबको निर्वाचनमा तिमीहरु जसरी मौसमी राष्ट्रवाद र विकासवादको नक्कली मुद्दा बनाएर विदेशीको दलाली र गुलामी गर्नको निम्ति जनतासँग नेकपा एमालेले मत माग्नु छैन् ।

भारतीय नाकाबन्दीलाई नाकाबन्दी समेत भन्न नसक्नेहरुले राष्ट्रवादको ढ्वाँङ्ग नरचेकै बेस । भारतका लागि कम्फरटेबल सरकार गठन गर्दै हिड्नेहरुले गणतन्त्रको नायक मै हूँ भन्दै नहिडेको जाति । १७००० निर्दोष नेपाली जनतालाई मारेर नयाँ शक्तिको खोजिमा हिड्ने बाबुराम जस्ताहरुले निर्वाचनमा मत देऊ भन्दै जनभावनामा ठेस नपुर्याऊ । मधेशको नाममा मसिहा बन्नेहरुले सिमामा नेपाली मधेशीहरुलाई भारतीयबाट लुटपाट, बलात्कार र थिचोमिचो गर्दा पनि परम भारतभक्तको नमूना पेश गर्ने उपेद्र यादव जस्ताको हैसियत अबको निर्वाचनबाट मधेशी जनताले देखाई दिनुपर्नेछ ।

जबसम्म शोषक र साम्राज्यवादी शक्तिहरुको दलाल र गुलामीहरुलाई जनमतबाट पन्छाइदैन तबसम्म मुलुक र जनताको भाग्य र भविष्य अन्योलमै रहन्छ । त्यसैले आगामी निर्वाचनबाट आफ्नो गाँउ आफैं बनाऔं, विभिन्न सामाजिक सुरक्षाभत्ताको ब्यवस्था गर्ने, गणतन्त्र-धर्मनिरपेक्ष-लोकतन्त्र-मानवाधिकारको वकालत गर्ने, भारतीय नाकाबन्दीको डटेर सामाना गरी यो मुलुकको स्वाधीनता र स्वतन्त्रता बचाउँने, कालापानी-लिपुलेक-लिपियाधुरासहितको नयाँ नक्शा जारी गर्ने र कोरोना महामारीबीच पनि मुलुकको चौतर्फी विकास गर्न सफल लिडर र निडर दुवै गुणले युक्त केपी ओली नेतृत्वको नेकपा एमालेलाई अत्याधिक बहुमतकासाथ विजय गराउँदै तमाम सर्वहारावर्गको नेतृत्व हुने वैज्ञानिक समाजवादको आधार निर्माण गरौँ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार ०७:३९