४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

निर्मला हत्या प्रकरणः अन्ततः निर्दोष ठहरिए दिलिपसिंह विष्ट, अाफन्तको जिम्मामा रिहा

२६ भदाै, कञ्चनपुर । अन्ततः निर्दोष देखिएपछि प्रहरीले कञ्चनपुर भिमदत्तनगरकी बालिका निर्मला पन्तको हत्यारा भनेर सार्वजनिक गरेका दिलिपसिंह विष्ट रिहा भएका छन ।

उनी जिल्ला अदालत कञ्चनपुरको अादेशमा मंगबालर अाफन्तको रोहबरमा रिहा भएका हुन । भेजाइनल स्वाब (योनीभित्रको तरलबस्तु)मा रहेको बलात्कारीको डीएनए र दिलिपसिंह विष्टको डीएनए फरक भएको पाइएपछि उनलार्इ रिहा गरिएको हो । विधि विज्ञान प्रयोगशालाले दिलिपको डीएनए नमिलेको रिपोर्ट अदालतमा प्रेषित गरेको थियो । त्यस्तै अदालतले बम दिदीबहिनी एक जनालार्इ अाफन्तको रोहबरमा र अर्की एक जनालार्इ धराैटीमा छाडेको छ । रोशनी बम अाफन्तको जिम्मामा रिहा भइन भने बबिता ३० हजार धराैटीमा छुटेकी छिन ।

प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलवार १७:५८