७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

नुवाकोट एमालेकी नेतृ बुढाथोकीको निधन

७ असोज, नुवाकोट । नेकपा एमाले नुवाकोटकी नेतृ चन्द्रिका बुढाथोकीको गएराति निधन भएको छ । साविकको शिखरबेसी ३ सिलामे (हाल दुप्चेश्वर गाउँपालिका) स्थायी घरभएकी बुढाथोकीको बिहीबार राति निधन भएको एमाले नेता बलराम आचार्यले जानकारी दिए । उनको ७० वर्षको उम्मेरमा निधन भएको परिवारले जनाएको छ ।

उनको श्रीमान रामचन्द्र बुढाथोकी र चार छोरा र छोरी रहेका छन । चन्द्रिका नुवाकोटको थोरै अगुवा कम्युनिस्ट नेतृ मध्येकी हुन । उनी लामो समयदेखि नेकपा एमालेमा आवद्ध भएर विना लाभको पद पार्टीको काममा क्रियाशिल रहेकी थिइन । उनी अनेमसंघमा पनि आवद्ध रहेकी थिइन ।

प्रकाशित मिति : September 23, 2022 at 10:19 am