१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

संविधानको प्रभावकारी कार्यान्वयनबाट अधिकार सुनिश्चित हुन्छ : नेत्री देउवा

४ असाेज, वीरगञ्ज । नेपाली कांग्रेसकी नेत्री डा आरजु देउवाले संविधानको प्रभावकारी कार्यान्वयनसँगै सबै महिलाको हकअधिकार सुनिश्चित हुने दाबी गरेकी छिन् । पर्साको वीरगञ्जमा कांग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घ केन्द्रीय समितिद्वारा आज आयोजित महिला प्रशिक्षण कार्यक्रममा नेत्री देउवाले महिला वर्गसहित आमनागरिको हरेक हकअधिकारका विषयवस्तु नेपालको संविधानमा सुनिश्चित रहेको बताइन् ।

संविधानको प्रभावकारी कार्यान्वयनसँगै सबै नागरिकको अधिकार स्थापित हुने बताउँदै नेत्री देउवाले हरेक नीतिको मुख्य नीतिनै राजनीति भएकाले यसलाई सेवामैत्री भावनाले अघि बढाउनुपर्ने आवश्यकता औंल्याइन् । सो अवसरमा उनले महिला वर्ग पनि अब नेपाली राजनीतिमा होमिनु आवश्यक रहेको तर्क गरीन् । दुई दिनसम्म चल्ले प्रशिक्षण कार्यक्रममा पार्टीका महिला अगुवा कार्यकर्ताको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार १८:३०