भूकम्प पिडितलार्इ खुसीकाे खबरः ३/३ लाख रुपैयाँको थप प्याकेज आउँदै
२५ भदाै, काठमाडाै । सरकारले भूकम्प प्रभावितका लागि ३/३ लाख रुपैयाँको थप प्याकेज ल्याउने तयारी गरेको छ । सहुलियत ऋणका रुपमा तीन लाख र जीविकोपार्जनका लागि तीन लाख गरी ६ लाख रुपैयाँको ऋण लिन सक्ने गरी प्याकेज घोषणा हुन लागेको हो ।
यसअनुसार भूकम्प प्रभावितले तीन लाख रुपैयाँ अनुदान पाउँछन् । यो अनुदान रकमबाहेक पनि छुट्टै ऋण लिन सक्ने गरी अहिले अर्थ मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छलफल र तयारी अन्तिम चरणमा पुर्याएको स्रोतले जनाएको छ ।
प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार ०९:५९