१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

आध्यन्तलाई धितोपत्र बोर्डबाट लगानी कोष प्रबन्धकको इजाजत

३ असाेज, काठमाडौं । आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट नेपालमा लगानी कोष प्रबन्धकका रुपमा काम गर्ने गरी इजाजतपत्र प्राप्त गरेको छ।

धितोपत्र बोर्डको विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत प्राप्त उक्त इजाजतपत्रले कम्पनीलाई नेपालमा लगानी कोष स्थापना, व्यवस्थापन र प्रवद्धन गर्न अनुमति दिएको हो ।

आध्यन्तले लगानीकर्ताहरूका लागि एउटा वैकल्पिक लगानीको अवसर प्रदान गर्नुका साथै पुँजी र व्यवसायिक साझेदारीको खोजीमा रहेका उच्च वृद्धिको सम्भावना भएका व्यवसायहरू र नवीन उद्यमहरूलाई पूँजीमा पहुँच प्रदान गर्नेछ ।

आध्यन्तका संस्थापक मनोज पौडेलका अनुसार, सेबोनले देखाएको यस नवीनतम तथा रुपान्तरणकारी सोचले निजी पूँजीको परिचालन मार्फत नेपालको आर्थिक समुन्नतिको सम्भावनालाई बलियो आधार प्रदान गर्नेछ ।

आगामी दिनमा नेपालको सम्भावना र आकांक्षालाई सघाउने खालका व्यवसाय र नवउद्यमहरूको स्तरवृद्धि गर्न निजी पूँजीलाई उद्देश्यपूर्ण रूपमा परिचालन गरी राष्ट्रिय पूँजीको विकास गर्ने लक्ष्य राखिएको उनले बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार १२:१८