३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

सानिमा इक्विटी फण्डको बुकक्लोज कहिले ?

३ असाेज, काठमाडौं । सानिमा इक्विटी फन्डले बुकक्लोजको मिति घोषणा गरेको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले प्रतिफल वितरण प्रयोजनार्थ असोज ९ गते बुकक्लोज गर्ने निर्णय गरेको हो । असोज ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले मात्रै फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

फण्डले आर्थिक वर्ष २०७८।७९ को मुनाफा तथा सो अवधिसम्म रहेको सञ्चित कोष समेतबाट योजनाको इकाईधनीहरुलाई करसहित २२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी सानिमा क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : September 19, 2022 at 11:38 am