पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला नेपाल रत्नबाट विभूषित
३ असोज, काठमाडाैँ । पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ । संविधान दिवसको अवसरमा कोइरालाई विभुषित गर्ने घोषणा गरिएको छ । कोइराला नेपालको संविधान जारी गर्दा देशको प्रधानमन्त्री थिए। नेपाल रत्न नेपालको सर्वोच्च मानपदवी हो ।
त्यसैगरी, राष्ट्र गौरवबाट राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने [आश्रित], मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मानित गर्ने घोषणा भएको छ ।
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुसहित विभिन्न ९९८ जना महानुभावहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरिएको छ ।
प्रकाशित मिति : 09:17









