बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
२ असाेज, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो। आइतबार सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार १८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार १७० रुपैयाँमा किनबेच भएबढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको रुको थियो।
प्रकाशित मिति : September 18, 2022 at 11:26 am









