४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

३० हजार घुससहित प्रहरी निरीक्षक गणेशसिंह महता पक्राउ

२४ भदाै, बर्दिया । ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक गणेशसिंह महता सेवाग्राहीबाट ३० हजार घुस लिँदै गरेको अवस्थामा आइतबार राति ८ बजे पक्राउ परेकाछन् । अख्तियार अनुसन्धान दुरुपयोग आयोग कोहलपुर कार्यालयबाट खटिएको टोलीले मुद्दा मिलाई दिने भन्दै रकम लिँदै गरेको अवस्थामा दसीसहित पक्राउ परेका हुन् ।

अख्तियारका सूचना अधिकारी तेजनाथ शर्माले घुस मिलाई दिने सहयोगी बढैयाताल गापाकी मैया पौडेललाई नियन्त्रणमा लिएको हो । यस अघि कालाबजार अन्तर्गत थुनामा रहेका रैदासलाई सुक्रवार राती घर बस्न पठाएको भन्दै जिल्ला प्रहरी कार्यालयले स्पष्टीकरण सोधेको प्रहरी उपरिक्षक सुरेन्द्र मैनालीले बताए ।

प्रकाशित मिति : २४ भाद्र २०७५, आईतवार २१:२७