२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य समायोजन

२९ भदाै, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य समायोजन भएको छ । लाभांश वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

फण्डको १२ प्रतिशत नगद लाभांशपछि नेप्सेले प्रतिइकाई १० रूपैयाँ ३० पैसा हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ११ रूपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले आफ्ना इकाईधनीहरुलाई करसहित १२ प्रतिशतका लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति : September 14, 2022 at 11:22 am