७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

आज काठमाडौंका यी स्थानमा हुँदै छ ट्राफिक जाम

२८ भदाै, काठमाडौं । मंगलबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सवारी आवागमन प्रभावित हुने भएको छ। नेपाल भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु उच्चस्तरीय राजनीतिक भेटवार्तामा निस्कने बेला उपत्यकाको विभिन्न स्थानमा सवारी आवागमन प्रभावित हुने भएको हो।

उपत्यकामा बिहान ९ बजेदेखि नै सवारी आवागमन प्रभावित हुँदा विभिन्न स्थानमा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ। सोमबारदेखि नै सडकमा सवारी साधानको लामो लाइन देखिन थालेको छ । मंगलबार बिहान ९ बजेदेखि रविभवन, सोल्टी होटल, कालिमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपन्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तीनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ।

त्यस्तै, साढे ११ बजेको आसपासमा तीनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवनसम्मको सवारी आवागमन प्रभावित हुने भएको छ ।

दिउँसो साढे ३ बजे भने रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

त्यस्तै, दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने भएको छ। महाशाखाले उक्त समयमा यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : September 13, 2022 at 11:59 am